arrow

उत्तर कोरियाले कुनै उक्साहट गरे कडा बदला दिने दक्षिणको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २२ बुधबार
south-korea-yoon-suk-yeol.jpg

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले उत्तर कोरियाले कुनै पनि उक्साहटको कदम चालेमा तुरुन्त कडा जवाफ दिन आदेश दिएका छन् । उत्तरले कोरियाले पाँच वर्षमा पहिलो पटक आणविक परीक्षण गर्न सक्ने चिन्ताका बीच दक्षिण कोरियाले यस्तो चेतावनी दिएको हो ।

मेमा पदभार ग्रहण गरेका युनले शीर्ष सैन्य कमाण्डरहरूसँगको पहिलो बैठकको अध्यक्षता गर्दै उत्तर कोरियाको आणविक र क्षेप्यास्त्र कार्यक्रमलाई रोक्न बलियो क्षमताको लागि आह्वान गरेका छन् ।

उत्तर कोरियाले यस वर्ष अभूतपूर्व गतिमा क्षेप्यास्त्र परीक्षण गरिरहेको छ र उसले आफ्नो सातौं आणविक परीक्षणको तयारी गरिरहेको विश्वास गरिएको छ ।

अमेरिकी वायुसेनाको एफ ३५ ए स्टिल्थ लडाकु भित्रिएको अर्काे दिन युनले शीर्ष सैन्य कमाण्डरहरूसँग बैठक गरेका हुन् ।

राष्ट्रपति युनले देशको सुरक्षा र राष्ट्रिय हितको रक्षा गर्न बलियो रक्षा क्षमताहरू तयार हुनुपर्ने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ