- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । संसद्मा जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएपछि नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दै छ । मङ्गलवारका लागि तय गरिएको बैठक शर्माको राजीनामा पछि बिहीबार बस्न लागेको हो ।
बुधवार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएर छानबिनमा लागि मार्गप्रशस्त गर्न भनेपछि शर्माले राजीनामा दिएका थिए । अर्थमन्त्री माथि करको दायरा हेरफेर गरेको आरोप लागेको छ भने माओवादी नेताहरूले अर्थमन्त्रीलाई फसाइयो भन्ने संज्ञा दिएका छन् ।
आज बस्ने बस्ने बैठकले अब कसरी जाने भनेर निष्कर्ष निकाल्ने माओवादीका एक नेताले बताए । बैठक आज ११ बजेबाट बैठक बस्दै छ ।
बैठकले पदाधिकारी, स्थायी र पोलिटब्युरो सदस्य चयन गर्दैछ । पदाधिकारी चयनका लागि पूर्वस्थायी समितिको बैठक बुधबार पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको थियो।
मङ्गलवारको बैठकले पदाधिकारी, स्थायी र पोलिब्युरो सदस्यको अन्तिम नामावली प्रस्ताव गर्न अध्यक्षलाई जिम्मेवारी दिइएको थियो। पार्टी अध्यक्ष प्रचण्डले बुधबार पनि बैठक स्थगित गरेर छलफल गरेका थिए।