arrow

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार: विश्वको प्रतिक्रिया

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २४ शुक्रबार
Japanese-Shinzo-Abe-PM.jpg

काठमाडौं । नारा सहरमा आयोजित एउटा राजनीतिक कार्यक्रममा सहभागी भएको बेला जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । शुक्रबार भएको यो आक्रमणको घटनाले विश्व नै स्तब्ध भएको छ ।

६७ वर्षीय पूर्वप्रधानमन्त्री गोली लागेपछि घटनास्थलमै ढलेको र उनको घाँटीबाट रगत बगेको फोटो एवं भिडियोहरु सार्वजनिक भएका छन् ।

आबेमाथि गोली लागेको घटनाप्रति विश्वले नै प्रतिक्रिया दिन सुरु गरेको छ । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज ट्विट गर्दै घटनाले स्तब्ध भएको बताएका छन् ।

उनले भनेका छन्,'जापानबाट पूर्व प्रधानमन्त्री शिन्जो आबेलाई गोली हानिएको स्तब्ध पार्ने खबर छ । यतिबेला हामी उहाँको परिवार र जापानका जनतासँग छौं।'

आबेको अवस्था स्थीर : बाहिरियो गोली हानेको भिडियो 

यस्तै इन्डोनेसियाका विदेश मन्त्री रेत्नो मार्सुडीले समेत प्रतिक्रिया दिएका छन् । विदेश मन्त्री रेत्नो मार्सुदीको तर्फबाट इन्डोनेसियाको विदेश मन्त्रालयका प्रवक्ता तेकु फैजास्याहले एक वक्तव्यमा भनेका छन्,'मन्त्रीले जापानी विदेश मन्त्रीलाई जी२० विदेश मन्त्रीहरूको नाममा सहानुभूति व्यक्त गर्नुभएको छ।'

यस्तै ताइवानकी राष्ट्रपति साई इंग वेनले समेत घटनाप्रति स्तब्भ भएको बताएकी छन् । उनले भनेकी छन्,'मलाई विश्वास छ कि सबैजना म जस्तै आश्चर्यचकित र दुखी छन्। ताइवान र जापान दुवै विधिको शासन भएका लोकतान्त्रिक देश हुन्। मेरो सरकारको तर्फबाट, म हिंसात्मक र गैरकानूनी कार्यहरूको घोर निन्दा गर्न चाहन्छु।'

यस्तै उनले अघि भनेकी छन्,'पूर्व प्रधानमन्त्री आबे मेरो असल साथी मात्र नभएर ताइवानका निकट साथी हुन् । उनले धेरै वर्षदेखि ताइवानलाई समर्थन गर्दै आएका छन् र ताइवान जापान सम्बन्धको प्रगतिलाई बढावा दिन कुनै कसर बाँकी राखेका छैनन्।'

यस्तै जापानका लागि संयुक्त राज्य अमेरिकाका राजदूत रहम इमानुएलसमेत घटना प्रति दुख व्यक्त गरेका छन् ।

उनले ट्विट गर्दै भनेका छन्,'पूर्व प्रधानमन्त्री शिन्जो आबेलाई गोली हानेको घटनाबाट हामी सबै दुखी र स्तब्ध भएका छौं। आबे जापानका उत्कृष्ट नेता र अमेरिकाका अटल सहयोगी हुन्। अमेरिकी सरकार र अमेरिकी जनता अबे, उनको परिवार र जापानका जनताको सुस्वास्थ्यको लागि प्रार्थना गरिरहेका छन्।'

जापानका पूर्व प्रधानमन्त्री आबेमाथि गोली चल्यो

यस्तै, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले समेत घटनाप्रति दुख व्यक्त गरेका छन् । उनले भनेका छन्,'हाम्रा विचारहरू, हाम्रो प्रार्थना उहाँसँग, उहाँको परिवारसँग, जापानका जनतासँग छन्,' ब्लिन्केनले इन्डोनेसियाको बाली टापुमा भएको जी२० बैठकको क्रममा भनेका छन्, 'यो एक धेरै, धेरै दुखद क्षण हो। र हामी जापानबाट समाचार पर्खिरहेका छौं।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ