arrow

आबेको निधनप्रति नेपाल सरकारबाट दुःख व्यक्त, आज राष्ट्रिय शोक, कुनै औपचारिक कार्यक्रम नहुने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २५ शनिबार
shinzo-abe-japan.jpg

काठमाडौं । नेपाल सरकारले राजनीतिक कार्यक्रममा सहभागी हुने क्रममा जापानका पूर्वप्रधानमन्त्री सिञ्जो आबेको गोली हानी हत्या भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । 

सरकारले उनको परिवार, जापान सरकार र जापानी जनाताप्रति गहिरो दुःख व्यक्त गर्दै आबेप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । गृह मन्त्रालयले विज्ञप्ति जारी गरी उनको निधनमा शनिबार राष्ट्रिय शोक मनाउन राष्ट्रियस्तरमा कुनै पनि औपचारिक कार्यक्रम आयोजना नहुने जनाएको छ । 

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका थिए । ‘मेरो हार्दिक श्रद्धाञ्जली । उहाँ विश्वका चर्चित नेता मात्र नभएर नेपालको असल मित्र पनि हुनहुन्थ्यो’, प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन् । 

उनले शोकको यस दुःखद् घडीमा जापानका जनता र शोक सन्तप्त परिवारका सदस्यहरूमा समवेदना प्रकट गरेका छन् । 

त्यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले पनि समवेदना व्यक्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ