arrow

देशका सबैजसो भागमा वर्षा, सचेत रहन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २५ शनिबार
weather-2079-03-25.jpg

काठमाडौं । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही देशको बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । 

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सूदुरपश्चिम प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । एक दुई स्थानमा भारी वर्षासमेत भइरहेको छ । बाँकी भू–भागका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो र राति पनि बर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाले वर्षाले असर गर्ने भन्दै पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । 

आइतबार र सोमबार पनि वर्षा 
महाशाखाले आइतबार र सोमबार पनि वर्षा हुने जनाएको छ । मौसममा खासै परिवर्तन नहुने भन्दै शनिबारजस्तै आइतबार र सोमबार पनि वर्षा हुने महाशाखाले जनाएको हो । 

शुक्रबार कहाँ कति वर्षा ? 

महाशाखाले शुक्रबार सबैभन्दा बढी वर्षा धनगढीमा भएको जनाएको छ । त्यहाँ ९६.८ मिलिमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा ८२.१ मिलिमिटर वर्षा भएको छ । 

काठमाडौंमा ५६, वीरेन्द्रनगरमा ४१.५, नेपालगञ्जमा २८.६ मिलिमिटर वर्षा हुँदा धनकुटामा वर्षा नै नभएको जनाएको छ । 

 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ