arrow

बझाङ एमालेमा भण्डारी निर्विरोध 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २५ शनिबार
uml-bajhang-bhandari.jpg

धनगढी । नेकपा एमाले बझाङको ८औँ अधिवेशनबाट जिल्ला अध्यक्षमा दमन भण्डारी निर्विरोध चयन भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा उनीबाहेक अन्यले अध्यक्षमा उम्मेदवारी नदिएपछि भण्डारी निर्विरोध निर्वाचित भएका हुन् । भण्डारी अघिल्लो कार्यकालमा समेत अध्यक्ष थिए । 

अध्यक्षबाहेक अन्य पदमा भने निर्वाचन हुने भएको छ । सचिव, उपाध्यक्ष, सहसचिवलगायत पदमा भने एकभन्दा बढी व्यक्तिको उम्मेदवारी परेको छ ।
एमाले जिल्ला कमिटी सचिवका लागि नयन बोहरा, लोकेन्द्र हिलारी, लोकेन्द्र बहादुर सिंह ९एलबी० र आनन्दलाल विक गरी चार जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा मोहनराज जोशी र विरेन्द्रबहादुर खड्का गरी दुई जनाको उम्मेदवारी परेको छ ।

यस्तै, उपसचिवमा भागरथिदेवी सिंह, लालबहादुर विष्ट, जुना जाग्री, घुरनबहादुर बोहरा र भुवनेश्वर उपाध्याय गरी पाँच जनाको उम्मेदवारी परेको छ । खुला सदस्य १४ जनाका लागि ३४ जनाको उम्मेदवारी परेको छ । 

आठ जना खुला महिला सदस्यका लागि १० जनाको उम्मेदवारी परेको नेकपा एमाले जिल्ला निर्वाचन समितिका निर्वाचन अधिकृत दिनेश धामीले बताए ।



नयाँ