arrow

आज चिनियाँ कम्युनिस्ट पार्टीका लिउ नेपाल आउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २६ आइतबार
liu-jianchao-cpc-leader-china.jpg

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियाञ्चाओ आज  नेपाल आउदै छन् । लिउ चार दिने नेपाल भ्रमणमा रहनेछन् । उनी आठ सदस्यीय टोली लिएर आउदैछन् । 

५८ वर्षीय नेता लिउ चीनका पूर्व वरिष्ठ कूटनीतिज्ञ हुन् । गत जुन महिनामा उनी चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख नियुक्त भएका थिए । 

चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुखमा नियुक्त भए लगत्तै लिउले नेपालका राजनीतिक दलका नेताहरूसँग संवाद पनि गरेका थिए । 

लिउले असार ९ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, असार १० गते एमाले अध्यक्ष केपी शर्मा ओली र असार १६ गते परराष्ट्र मन्त्री नारायण खड्कासँग बेइजिङबाट भर्चुअल संवाद गरेका थिए ।

नेपालमा नेपाल कम्युनिस्ट पार्टी बनाउन चीनको मुख्य भूमिका रहेको मानिन्छ । तर नेताहरूका व्यक्तिगत स्वार्थीका कारण नेकपा टिक्न सकेन विभाजनको सङ्घारमा पुगेको थियो । अहिले  चीनले नेपाली काङ्ग्रेससँग पनि सम्बन्ध विस्तार गर्न खोजेको छ ।

कूटनीतिक स्रोतका अनुसार चार दिने नेपाल भ्रमणमा आउन लागेका लिउको मुख्य उद्देश्य वाम गठबन्धनका लागि बल पुर्‍याउनु रहेको छ ।

नेता लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गर्ने तयारी रहेको छ ।  



नयाँ