- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपालको चार दिने भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
आइतबार बिहान आठ सदस्यीय प्रतिनिधिमण्डका नेतृत्व गर्दै उनी काठमाडौं आइपुगेका हुन् । काठमाडौं आइपुगेसँगै सो टोलीले प्रधानमन्त्री देउवासँँग शिष्टाचार भेटवार्ता गरेको हो ।
नेपाल बसाइका क्रममा लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्रमन्त्री डा नारायण खड्का, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार उनले आइतबार बेलुकी पराष्ट्रमन्त्री खड्कासँग शिष्टाचार भेट गर्नेछन् । राष्ट्रपति र अन्य नेताहरुसँग उनले सोमबार भेटवार्ता गर्नेछन् ।
केहीदिन अघि लिउले ओली र प्रचण्डसँग भिडियोमार्फत कुराकानी गरेका थिए । केहीदिन अघि उनले परराष्ट्रमन्त्री डा खड्कासँग पनि भिडियो सम्वाद गरेका थिए ।
नेपालमा वामगठबन्धन जरुरी रहेको सीपीसीको विश्लेषणसँगै लिउ नेपालका कम्युनिष्ट पार्टीहरुबीच एकताको माहोल बनाउन आएको बताइएको छ । सकभर पार्टी एकता र नभए चुनावी एकता भए पनि गरेर नेतृत्वमा कम्युनिष्टकै नेता हुनुपर्नेमा सीपीसीको जोड छ ।