- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ चियान्चाओले आज राष्ट्रपति विद्यादेवी भण्डारीसहित शीर्ष नेताहरूलाई भेट्दै छन् ।
नेपालको चार दिने भ्रमणमा रहेका जियानचाओले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुखमा नियुक्त भए लगत्तै लिउले नेपालका राजनीतिक दलका नेताहरूसँग संवाद पनि गरेका थिए । लिउले असार ९ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, असार १० गते एमाले अध्यक्ष केपी शर्मा ओली र असार १६ गते परराष्ट्र मन्त्री नारायण खड्कासँग सँग भिडियोमार्फत कुराकानी गरेका थिए ।
हिजो जियानचाओले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गरेका छन्।
चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख चियान्चाओको नेपाल भ्रमणलाई नेपाली राजनीतिक वृत्तमा रुचिपूर्वक हेरिएको छ ।
नेपालमा वाम गठबन्धन जरुरी रहेको सीपीसीको विश्लेषणसँगै लिउ नेपालका कम्युनिष्ट पार्टीहरुबीच एकताको माहौल बनाउन आएको बताइएको छ ।