arrow

विश्वकप लिग टु क्रिकेट अन्तर्गत नेपालले नामिबियासँग खेल्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २७ सोमबार
nepal-namaibia-2022-07-11.jpg

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक श्रृंखला अन्तर्गत नेपालले आज नामिबियासँग खेल्दैछ । स्कटल्याण्डमा भइरहेको श्रृंखलाको पहिलो खेलमा नेपालले नामिबियासँग दिउँसो ३ः४५ बजेदेखि खेल्न थाल्नेछ । तेस्रो राष्ट्र आयोजक स्कटल्याण्ड हो । 

नेपाल नामिबियालाई हराउँदै श्रृंखलामा सुखद शुरुआत गर्न चाहन्छ । तर नामिबियालाई हराउन नेपाललाई सहज भने हुनेछैन ।

नामिबिया पनि नेपाललाई हराएर श्रृंखलामा पहिलो जित निकाल्न चाहन्छ । पहिलो खेलमा नामिबिया स्कटल्याण्डसँग पराजित भएको थियो ।

श्रृंखला अघि नेपालले तयारीका लागि क्यानाडाको भ्रमण गरेको थियो । क्यानाडामा नेपालले घरेलु टोलीसँग एक दिवसीय एउटा खेल खेल्न भ्याएको थियो । जसमा नेपाल पराजित भयो । अर्को खेल भने वर्षाले अवरुद्ध भएको थियो । 

स्थानीय टोलीसँग भएको दुई अभ्यास खेलमा भने नेपाल विजयी भएको थियो । 

लिग टु अंक तालिका–

लिग टु को अंक तालिकामा नेपाल १६ खेलमा १५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । नामिबिया १५ खेलमा १४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

ओमान ३६ खेलमा ४४ अंकसहित शीर्ष स्थानमा छ । स्कटल्याण्ड २१ खेलबाट ३० अंकसहित दोस्रो, यूएई २२ खेलबाट २६ अंकसहित तेस्रो तथा अमेरिका २४ खेलबाट २३ अंकसहित चौथो स्थानमा छ । 

पुछारको पपुवा न्यूगिनीको २० खेलबाट २ अंक छ । पीएनजीले नेपालबाटै दुई अंक छिनेको थियो । 

श्रृंखला अन्तर्गत नै नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध जुलाई १३ बुधबार खेल्नेछ । नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध जुलाई १६  शनिबार खेल्नेछ र अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध जुलाई १७ आइतबार खेल्ने तालिका रहेको छ ।

लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ