arrow

कोइराला निकटले कांग्रेस पार्टी कार्यालयमा प्रदर्शन गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २७ सोमबार
congress-party-office-1.jpg.jpeg

काठमाडौं । नेपाली काग्रेसका नेता डा.शेखर कोइराला समूहले आज पार्टी केन्द्रीय कार्यालय वीपीनगर, सानेपामा प्रदर्शन गर्ने भएको छ । भ्रातृ तथा शुभेच्छुक संस्थाको नेतृत्व र कार्यसमितिलाई पूर्णता दिन माग गर्दै दिउँसो १ बजे कोइराला पक्षधर नेताहरुले केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गर्ने भएका हुन् । 

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चलिरहँदा कोइराला पक्षधर तरुण र विद्यार्थी नेताहरुले सो प्रदर्शन गर्ने भएका हुन् । ‘भ्रतृ संस्थाको तत्काल वैधानिक पूर्णता हाम्रो सरोकार, नेपाली कांग्रेस भित्र समान र न्यायपूर्ण प्रतिनिधित्व हाम्रो अधिकार’ भन्ने मागसहित प्रदर्शन गर्न लागेको प्रेमिका राना मगरले जानकारी दिइन् । उनका अनुसार नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघलगायतका प्रतिनिधिहरुले सो प्रदर्शनमा भाग लिनेछन् ।

सभापति देउवाले आफू निकटलाई मात्रै भ्रातृ संस्थाको नेतृत्वमा लगेको, कोइराला पक्षधरलाई ‘वाइपास’ गरेको, गठन भएको कार्यसमितिलाई पूर्णता नदिएको, १० फागुनमा भंग गरेका भ्रातृ संस्थामा नेतृत्व प्रदान नगरेको भन्दै सो प्रदर्शन हुन लागेको कोइराला पक्षधरले जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ