arrow

१० बुँदे सहमतिलाई लत्त्याएर नेपालले ठूलो गल्ती गरे : घनश्याम भुसाल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २७ सोमबार
bhusal1.jpg

काठमाडौँ । नेकपा (एमाले)का नेता घनश्याम भुसालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कठघरामा उभिएर प्रायश्चित्त गर्नुपर्ने बताएका छन् । सोमवार सामाजिक सञ्जाल फेसबुकमा उनले १० बुँदे सहमतिलाई लत्त्याएर नेपालले ठूलो गल्ती गरेको बताएका छन् । 

उनले लेखेका छन् ,‘आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्त्याएर कमरेड माधव नेपालले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेका छन् ।’ 

केपी शर्मा ओलीले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्ने नेपालले २० प्रतिशत सांसदले पार्टी विभाजन गरेर घातक काम गरेको भुसालको आरोप छ ।

‘कमरेड माधव नेपालले अर्को पार्टी खोलेर कम्युनिस्ट आन्दोलनको सेवा गरेका थिए भन्ने कुरा धरतीको कुनै पनि इजलासले भन्न सक्नेछैन । ढिलो वा चाँडो, कमरेड माधव नेपालले कठघरामा उभिएर यसको प्रायश्चित्त गर्नुपर्नेछ । ’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ