- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले शिष्टाचार भेटवार्ता गरेका छन् ।
चार दिने नेपाल भ्रमणमा रहेका सीपीसीका विदेश विभाग प्रमुख लिउले सोमबार अपराह्न अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगी भेटवार्ता गरेका हुन् । भेटवार्तामा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेता कृष्णबहादुर महरा, वर्षमान पुन, देवप्रसाद गुरुङ र नेतृ पम्फा भुषाल पनि सहभागी भइन् ।
भेटवार्ताका क्रममा माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धका बारेमा छलफल भएको थियो ।
सीपीसीका नेता लिउ आसन्न निर्वाचनमा वामगठबन्धनका लागि जोड दिन आएको बुझिएको छ । लिउले नेपाल भ्रमणका क्रममा राष्ट्रपतिसहित शीर्ष नेताहरुसँग भेटवार्ता गर्दैछन् ।
आइतबार आइपुगेका उनले पहिलो दिन नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए । सोमबार प्रचण्डलाई भेटेका लिउले मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने छन् ।
बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरी उनी बुधबार नै स्वदेश फर्कने कार्यतालिका रहेको छ ।