- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । पोखरा महानगरपालिकाले कास्कीका चार वटा सामुदायिक विद्यालयलाई स्कूल बस प्रदान गरेको छ ।
पोखरा-२९ को जनप्रकाश मावि, पोखरा-३० को त्रिभुवन शान्ति मावि, पोखरा-३१ को अम्मरसिंह मावि र पोखरा-३२ को ब्रह्मरुपा माविलाई स्कूल बस हस्तान्तरण गरिएको हो ।
महानगरपालिकाको शिक्षा महाशाखामा आयोजना कार्यक्रममा मेयर धनराज आचार्य र उपमेयर मञ्जुदेवी गुरुङले बस हस्तान्तरण गरेका हुन् ।
शिक्षा महाशाखाका अधिकृत विश्वराज आचार्यका अनुसार सम्बन्धित विद्यालयले प्रतिविद्यालय १२ लाख ५० हजार रुपैयाँ र पोखरा महानगरकोतर्फबाट त्यति नै दरको लगानीमा बस ल्याइएको जानकारी दिए ।
एक करोड एक लाखको लागत भन्सार छुट सुविधामा टाटा कम्पनीका चारवटा स्कुल बस ल्याइएको र उक्त बसहरुमा चालकबाहेक ४० जनाको सिट क्षमता छ ।