arrow

आज दिउँसो वर्षा, राति बदली : सतर्कता अपनाउन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २८ मंगलबार
climate.jpg

काठमाडौं । आज बिहाने देखि केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ । पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको कारण आज बिहान प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूर पश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ । 

आज दिउँसो देशको पहाडी भू-भागका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । 

राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । 

भारी वर्षाका कारण पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ