arrow

एमालेलाई लेखा समितिको सभापति नभइ भएन, बैठक बहिस्कार 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २८ मंगलबार
CPN-UML-Flag.jpeg

काठमाडौं । सभापतिको राजीनामा माग्दै एमालेले संसदको लेखा समिति बैठक बहिस्कार गरेको छ । मंगलबार बिहान ११ बजे बोलाइएको बैठक केही ढिलो गरी शुरु भएको थियो । बैठकमा एमाले सांसदहरु विशाल भट्टराई, गोकुल बास्कोटालगायत उपस्थित थिए । 

दुवै सांसदले लेखा समितिको नेतृत्व विपक्षी दलको हुनुपर्नेमा त्यसो नभएको र सरकारमा गएको एक वर्षसम्म पनि सत्तापक्षले सभापति नछोडेको भन्दै प्रश्न उठाए । त्यसपछि एमाले सांसदहरु बैठक छोडेर हिँडे । 

मंगलबार लेखा समितिमा वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची थियो । समिति बैठकमा बिशाल भट्टराईले भने, ‘विगत एक वर्षदेखि समिति सरकारको काम  कारबाहीमा पुरै बेखबर जस्तो छ । विगतमा हाम्रो सरकार हुँदा बाक्लै बैठक बस्थे । यसलाई उचित मान्न सकिन्न । राष्ट्रलाई क्षति भयो । लेखा समिति छ कि छैन जस्तो भयो यो देशमा । सरकारले गरेको खर्चको परीक्षण सरकारले नै गर्ने कुरा ठीक भएन । हामी आश्चर्यचकित भएका छौ । लेखा समिति विपक्षलाई दिनैपर्छ ।’

सभापति फेरिएपछि मात्रै लेखा समितिको कामकारबाहीमा भाग लिने एमालेको अडान छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ