arrow

एक दिवसीयमा इङ्गल्याण्डविरुद्ध भारतको कीर्तिमान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २८ मंगलबार
india-record-win-england.jpg

काठमाडौं । एक दिवसीय क्रिकेटमा भारतले इङ्गल्याण्डविरुद्ध कीर्तिमान रचेको छ । भारतले मंगलबार भएको पहिलो एक दिवसीयमा इङ्गल्याण्डलाई १० विकेटले  हरायो । भारतले ४८ वर्षको एक दिवसीय इतिहासमा पहिलो पटक इङ्गल्याण्डलाई १० विकेटले हराएको हो । 

भारतले इङ्गल्याण्डविरुद्ध पहिलो पटक सन् १९७४ मा एक दिवसीय खेलेको थियो । त्यसयता पहिलो पटक भारतले १० विकेटले हराएको हो । 

द ओभलमा भएको खेलमा १११ रनको झिनो चुनौती लिएर मैदानमा उत्रिएको भारतले १८.४ ओभरमै विना कुनै विकेटको क्षतिमा पूरा गरेको हो । 

कप्तान रोहित शर्माले ५८ बलमा अविजित रहँदै ७६ तथा शिखर धवनले ५४ बलमा ३१ रन बनाए । 

यसअघि पहिले ब्याटिङ गरेको इङ्गल्याण्डले निकै खराव प्रदर्शन गर्ने क्रममा २५.२ ओभरमात्र क्रिजमा टिकेर ११० रनमात्र बनाउन सक्यो ।

कप्तान जोस बट्लरले सर्वाधिक ३० रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा प्लेयर अफ द म्याच जसप्रिम बुमराहले मात्र १९ रन खर्चेर ६ विकेट लिए । 

त्यसैगरी मोहम्मद शामीले ३ तथा प्रसिद्ध कृष्णले १ विकेट लिए । यो जितसँगै भारतले तीन खेलको श्रृंखलामा १–० को अग्रता लिएको छ । 

दोस्रो खेल बिहीबार लर्डस्मा हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ