arrow

अर्ध जलेको महिलाको शव बरामद

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २९ बुधबार
nepal-police12.jpg

जलेश्वर । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–१ धिरापुरस्थित विग्ही नदीको छेऊमा मंगलवार दिउँसो अर्ध जलेको अवस्थामा एक महिलाको शव बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पङ्गेनीका अनुसार नाम, थर, वतन नखुलेको अन्दाजी वर्ष २५ की महिलाको शव अर्धरूपमा जलेको अवस्थामा बरामद भएको हो ।

महिलाको अनुहारलगायतका अगाडिपटिबाट जीउको अधिकांश भाग जलेर चिन्न नसक्ने अवस्थामा शव बरामद भएको छ । उक्त शव कसको रहेको, कसैले हत्या गरेको वा कुन कारण अर्धरूपमा जलाएर छोडेको बारेमा आवश्यक अनुसन्धान भइरहेको छ प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ