- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । चार दिने नेपाल भ्रमण पछि चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियन्चाओले स्वदेश फर्किएका छन् । चीन फर्कनुअघि जियन्चाओले अन्तिम समयमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें सँग भेट गरेका थिए ।
भक्तपुरमा अध्यक्ष बिजुक्छे र चिनियाँ नेता लिउबीच आधा घण्टा कुराकानी भएको थियो। भेटवार्तामा नेपाल र चीनको सम्बन्ध, नेपालको राजनीतिक परिवेश र नेपालसँगको मित्रवत् सम्बन्धलाई अझ मजबुत बनाउने बारेमा छलफल भएको थियो ।
नेपाल चीनको असल र निकट मित्र रहेको तथा नेपालमा चिनियाँ विरोधी गतिविधि हुन नदिन सरकार सचेत हुनुपर्ने बारेमा छलफल भएको बताइएको छ ।
भक्तपुरमा जियन्चाओले दरबार स्क्वायर भ्रमण अवलोकन गरेका थिए । बिजुक्छेंले भक्तपुरमा शिष्टाचार भेटवार्तापछि मयूर झ्याल मायाको चिनो प्रदान गरेका थिए । बुधबार राति १० बजे जियन्चाओको टोली स्वदेश फर्किएको छ।
नेपालको चार दिने भ्रमणमा रहेका जियानचाओले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, परराष्ट्र मन्त्री डा. नारायण खड्कासहितका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।