arrow

भारतमा ठूलो सङ्ख्यामा निःशुल्क बुस्टर डोज

logo
एजेन्सी,
प्रकाशित २०७९ असार ३० बिहिबार
corona-india-vaccine.jpg

नयाँ दिल्ली। भारतमा आजादीको अमृत महोत्सव अन्तर्गत १५ जुलाईदेखि आगामी ७५ दिनसम्म १८-६० आयु वर्गका सबै नागरिकहरूलाई निःशुल्क बुस्टर डोज दिइने भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा बसेको केन्द्रीय मन्त्रीमण्डलको बैठकमा यस निर्णयलाई अनुमोदन गरिएको छ।

मन्त्रीमण्डलको निर्णयहरूको जानकारी दिँदै केन्द्रीय मन्त्री अनुराग ठाकुरले भने, ‘१५ जुलाईदेखि आगामी ७५ दिनको निम्ति एक विशेष अभियान अन्तर्गत सबै सरकारी अस्पतालहरू र स्वास्थ्य केन्द्रहरूमा निःशुल्क बुस्टर डोज दिइनेछ। देशमा अहिलेसम्म कोरोनारोधी खोपको १९९ करोडभन्दा धेरै डोज दिइएको छ। यसमध्ये १८१ करोड नागरिक १८ वर्षभन्दा माथिका छन् अर्थात् एक ठुलो जनसङ्ख्यालाई केन्द्र सरकारको यस निर्णयबाट लाभ मिल्नेछ’।

उल्लेख्य छ की ६० वर्षभन्दा माथिका नागरिक, फ्रन्ट लाइन वर्कर र स्वास्थ्यकर्मीले निःशुल्क बुस्टर डोज लिन सक्छन्। त्यही, दिल्ली समेत केही राज्यहरूले आफ्नो राज्यमा बुस्टर डोज निःशुल्क गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ