ग्लोबल आइएमई बैङ्क “युरोमनी अवार्ड फर एक्सलेन्स-२०२२” बाट सम्मानित
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३० बिहिबार
825
Shares
काठमाडौँ। ग्लोबल आइएमई बैङ्क लिमिटेड “युरोमनी अवार्ड फर एक्सलेन्स–वेस्ट बैङ्क नेपाल २०२२” बाट सम्मानित भएको छ। बुधवार बेलायतको लण्डनमा आयोजित एक कार्यक्रमबीच ग्लोबल आइएमई बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले उक्त अवार्ड ग्रहण गरेका छन्।
सन् १९९२ मा स्थापित यो अर्वाड बैङ्किङ क्षेत्रको एक प्रतिष्ठित र एक मात्र अवार्ड हो। बैङ्कले ग्राहकहरूलाई प्रदान गर्दै आएको सेवा, बैङ्किङ क्षेत्रमा नयाँ नयाँ प्रविधिको प्रयोग तथा बैङ्कको उच्चस्तरीय कार्यसम्पादनका लागि यो अवार्ड प्रदान गरिएको हो।
युरोमनी म्यागाजिन बैङ्किङ क्षेत्रको गहकिलो विश्लेषण, सुझाव र समालोचनाका लागि प्रख्यात रहेको छ। युरोमनी समूहमा बैङ्क तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्तिहरू रहेका छन्। अमेरिकाको बैङ्क अफ अमेरिकाले यो वर्ष विश्वको उत्कृष्ट बैङ्कको उपाधि प्राप्त गरेको छ।
बैङ्कले ७७ जिल्लामा २८९ शाखा, २६२ एटिएम, २७५ शाखा रहित बैङ्किङ सेवा, ५१ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८७५ भन्दा बढी सेवा केन्द्रबाट २८ लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ।
त्यसै गरी बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ।