arrow

एमालेले भन्यो- एम. अधिकारी गभर्नर होइनन्, तस्बिर सार्वजनिक गर्न कांग्रेसको चुनौती

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३१ शुक्रबार
Congress-UML_Election.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी पार्टीको विभागमा नरहेको दाबी गरेको छ ।  प्रतिनिधि सभामा एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको विषय सार्वजनिक भएको भन्दै छानबिनको माग गरिएको छ ।

बिहीबार एमालेले पार्टीको अर्थ तथा योजना विभाग सदस्य एम अधिकारी गभर्नर नरहेको स्पष्टीकरण दिएको हो । एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले अर्थ विभागमा रहेका एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको र सरकारी सेवामा रहेकालाई पार्टीको कुनै विभागमा राख्ने नीति समेत नरहेको दाबी गरेका छन् ।

पार्टीको कमिटी र विभागमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरू रहने वैधानिक व्यवस्था नरहेको पनि कार्यालय सचिव अधिकारीले उल्लेख गरेका छन् ।  

यता कांग्रेसका नेताहरूले गभर्नरको राजीनामा माग गरेका छन् । बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा कांग्रेस नेताहरूले तस्बिर सार्वजनिक गर्न चुनौती दिएकाछन् । कांग्रेस नेता रामहरि खतिवडाले भने,' एम अधिकारी गभर्नर होइनन् भने एमालेले तस्बिर सार्वजनिक गरोस् ।'

 पूर्व उपसभापति गोपालमान श्रेष्ठले एमालेको विभागका सदस्य रहेका गभर्नर महाप्रसाद अधिकारीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् । 

महाप्रसाद अधिकारीले पनि आफ्नो नाम जोडर प्रचार भइरहेको भन्दै एमाले केन्द्रीय कार्यालयलाई पत्र लेखी आफू कुनै पनि पार्टीको सदस्य रहने कुरा सोच्नसमेत नसकिने बताएका छन् ।

पार्टीको कार्यकर्ता गभर्नर हुन नसक्नै भन्दै सत्ताको नेतृत्व गरिरहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतले अधिकारीको राजीनामा मागेका हुन् ।


 



नयाँ