arrow

इङ्गल्याण्ड सामु भारतको आत्मसमर्पण, सय रनले पराजित 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३१ शुक्रबार
england-odi-2022-07-14.jpg

काठमाडौं । इङ्गल्याण्डले दोस्रो एक दिवसीय क्रिकेट खेलमा भारतलाई सय रनले पराजित गरेको छ । बिहीबार राति भएको खेलमा भारतले आत्मसमर्पण गरेसँगै इङ्गल्याण्डले फराकिलो अन्तरको जित निकालेको हो । यो नतिजासँगै इङ्गल्याण्डले शृंखलामा बराबरी गरेको छ । अब अन्तिम तथा निर्णायक खेल आइतबार हुनेछ ।

२४७ रनको विजयी लक्ष्य पछ्याएको भारत ३८.५ ओभरमा सबै विकेट गुमाउँदै १४६ रनमा समेटियो । भारतका लागि रविन्द्र जडेजा र हार्दिक पान्ड्याले समान २९ रन बनाए । 

भारतका अग्रपंक्तिका ब्याट्सम्यानहरुले घुँडा टेकेसँगै इङ्गल्याण्डले घरेलु लर्डस्को मैदानमा भएको खेल सहजै जितेको हो । इङ्गल्याण्डका बलर रीस टोप्लीले  उत्कृष्ट बलिङ गर्दै २४ रन खर्चेर ६ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इङ्गल्याण्डले ४९ ओभरमा सबै विकेट गुमाउँदै  २४६ रन बनायो । मोइन अलीले  ४७ रन बनाए । डेविड विल्ली ४१ रनको योगदान गरे । भारतका युजभेन्द्र चहलले ४ विकेट लिए ।

त्यस्तै जसप्रित बुमराह र हार्दिक पान्ड्याले समान २–२ विकेट लिए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ