arrow
ADVERTISEMENT

ट्रम्पकी पहिलो श्रीमती घरमा मृत भेटिइन्

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३१ शुक्रबार
trump-corona.jpg

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रिपति डोनाल्ड ट्रम्पकी पहिलो श्रीमती घरमा मृत भेटिएकी छन् । ट्रम्पकी पहिलो श्रीमती ७३ वर्षीया इभाना घरमा मृत भेटिएकी छन् ।

ट्रम्प न्यूयोर्क शहर स्थित घरको एक सीढी नजिकै बेहोस अवस्थामा फेला परेकी थिइन् । उनी खसेको हुनसक्ने अनुमान गरिएको बताइएको छ ।

ट्रम्पले उनको बारेमा सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै ‘उनी एक अद्भुत, सुन्दर र अद्भुत महिला थिइन्, जसले एक महान् र प्रेरणादायी जीवन बिताइन’ ट्रम्पले आफ्नो सोशल मिडिया प्लेटफर्ममार्फत सो कुरा सार्वजनिक गरेका हुन् ।

अमेरिकी सञ्चार माध्ययमका अनुसार उनको मृत्युको कारण आकस्मिक हुन सक्ने प्रहरीले जनाएको छ ।

पूर्वराष्ट्रिपति ट्रम्प र उनको विहे सन् १९७७ मा भएको थियो भने १५ वर्षपछि १९९२ मा उनीहरूको सम्बन्ध विच्छेद भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ