arrow

देशभर बदली, सतर्कता अपनाउन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३१ शुक्रबार
climate.jpg

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको र आज देशभर आंशिक देखि सामान्य बदली रहने जनाएको छ ।  

दिउँसो देशका  पहाडी भू-भागका केही स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

देशका पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्र्यान बहावको जोखिम रहेको र नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ