arrow

प्रचण्डसँग भारतीय विदेशमन्त्री एस जयशंकरले भने – नेपालको विकासमा भारत सदैव भरपर्दो साझेदार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३२ शनिबार
prachanda-s-jayashankar.jpg

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले भारतको प्राथमिकतामा नेपाल परेको बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दै विदेशमन्त्री जयशंकरले छिमेक पहिलो नीतिअन्तर्गत नेपाल प्राथमिकतामा परेको बताएका हुन् । 

‘छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र सम्बृद्धिको  चाहनामा भारत सदैव भरपर्दो साझेदार रहनेछ’, विदेशमन्त्री जयशंकरले भनेका छन्, ‘आर्थिक सहकार्यमा केन्द्रित भइ हाम्रो छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको छ ।’

प्रचण्ड शुक्रबार भारत भ्रमणमा गएका हुन् । भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा उनी दिल्ली गएका हुन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगसमेत भेटघाट गर्ने कार्यक्रम रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ