arrow

गर्मी बढेपछि पठनपाठन बन्द

logo
रासस
प्रकाशित २०७९ असार ३२ शनिबार
Public_school_1618134814.jpeg

पर्सा । अत्यधिक गर्मीका कारण तराईका  विभिन्न जिल्लाका सामुदायिक विद्यालयमा पठन-पाठन बन्द हुन थालेको छ । सोही क्रममा पर्साका विभिन्न पालिकाका सामुदायिक विद्यालय बन्द गर्ने क्रम बढेको छ । 

हालसम्म वीरगञ्ज महानगरपालिकासहित पर्साका पाँच पालिकाले विद्यालयमा गर्मी बिदा दिएका छन् । वीरगञ्ज महानगरभित्रका सबै विद्यालयमा आगामी साउन १ देखि साउन २० गतेसम्म पठनपाठन बन्द हुने भएको छ । 

शैक्षिक क्यालेन्डरमा साउन ८ गतेदेखि वर्षे बिदा भए पनि संशोधन गरेर पठन-पाठनका लागि बिदा दिइएको  महानगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।  

यसैगरी पर्साको कालिकामाई गाउँपालिकाले सामुदायिक विद्यालयमा गर्मी बिदा दिएको छ । गाउँपालिका शिक्षा शाखाका अनुसार गाउँपालिकाअन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयमा साउन १ देखि  साउन २९ गतेसम्मका लागि बिदा दिइएको हो  । 

पोखरिया नगरपालिकालेपनि  विद्यालयमा गर्मी बिदा दिएको छ । पोखरिया नगरपालिकाले गर्मी बढेपछि साउन १ देखि साउन  २८ गतेसम्मका लागि बिदा दिएको हो ।  

यसैगरी पकाहामैनपुर गाउँपालिकाले साउन १ देखि साउन २८ गतेसम्म सामुदायिक विद्यालयमा बिदा दिएको छ । बिन्दवासिनी गाउँपालिका विद्यालय पनि एक महिनाका लागि बन्द गरिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ