arrow

प्रचण्ड फर्किएपछि भाजपाले के भन्यो ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २ सोमबार
prachanda-bjps.jpg

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण दुई पार्टीहरूबीच कोसेढुंगा साबित हुने भारतीय जनता पार्टी भाजपाले जनाएको छ । 

भाजपाले आइतबार प्रेस विज्ञप्ति जारी गरि प्रचण्डको भारत भ्रमणले नेपाल भारत सम्बन्ध अझ प्रगाढ बन्ने उल्लेख गरेको छ । 

प्रचण्ड तीन दिने भारत भ्रमण सकेर हिजो नेपाल फर्किएका छन् ।  उनी शुक्रबार भारत गएका थिए ।

आइतबार भाजपा मुख्यालय पुगेका प्रचण्डले भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डासँग प्रचण्डले भेटवार्ता गरेका थिए। प्रचण्डसँग जेपी नड्डा, भारतका विदेशमन्त्री एस जयशंकर पनि उपस्थित थिए ।

‘भाजपालाई जानौं’ भन्ने अभियान अन्तर्गत  प्रचण्ड भाजपा मुख्यालय पुगेका थिए । 

यसअघि गत अप्रिलमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि भारत भ्रमणका क्रममा भाजपाको मुख्यालय पुगेका थिए, जहाँ उनले जेपी नड्डालाई भेटेका थिए। 

त्यस बेला नेपालका तत्कालीन प्रधानमन्त्रीले भाजपाको मुख्यालयमा गएर पार्टी अध्यक्षलाई भेटेको यो पहिलो पटक हो भनिएको थियो ।

प्रचण्डको भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग पनि भेट भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने भनिएको पनि अन्तिम समयमा हुन सकेन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ