arrow

उपत्यकामा बिहानैदेखि हल्का वर्षा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २ सोमबार
climate.jpg

काठमाडौं ।  काठमाडौं उपत्यकामा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ । तापक्रम लगातार बढिरहेका बेला सोमबार बिहान काठमाडौंमा वर्षा भएको छ । 

प्रदेश १, बागमती, गण्डकी प्रदेशका थोरै स्थानहरूमा र कर्णाली प्रदेशका एक-दुई स्थानहरूमा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

सोमबार देशको पहाडी भू-भागका थोरै स्थानहरूमा  र बाँकी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

 मङ्गलवार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ