arrow

भारतको पावरसेन्टर मिडिल अर्डरमा, रोहित–विराटबाट ऋषभ–हार्दिकमा सर्‍यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २ सोमबार
india-england-series-win-india.jpg

काठमाडौं । भारतीय क्रिकेट टिमको भर अब मिडिल अर्डरमा पर्न थालेको छ । पछिल्लो समय भारतीय शीर्ष क्रममा ब्याट्सम्यान भन्दा मिडिल अर्डरका ब्याट्सम्यानको भर बढी देखिएको हो । 

भारत र इङ्गल्याण्डबीचको तीन खेलको एक दिवसीय क्रिकेटको अवस्था हेर्दा यसले छर्लङ्ग पार्छ । ओपनर शिखर धवनले ३ खेलमा मात्र ४१ रन बनाए । रोहित शर्माले ३ खेलमा ९३ रन बनाए । त्यस्तै विराट कोहलीले २ खेलमा ३३ रनमात्रै बनाए । 

मिडिल अर्डर ब्याट्सम्यान भने राम्रोसँग जमेका छन् । जसमा ऋषभ पन्त र हार्दिक पान्डेयाको खेल आकर्षक रहेको छ । 

तीन खेलमा ऋषभले १२५ रन बनाएका छन् भने हार्दिकले ३ खेलमा सय रन बनाएका छन् । 

अचम्म त के देखिएको छ भने सन् २०१९ सम्म भारतको पावर सेन्टर शीर्ष तहको ब्याटिङमा थियो भने त्यस यता मिडिल अर्डरमा सरेको छ । 

टी–२० मा पनि अवस्था त्यस्तै बिग्रिएको छ । भारतका शीर्ष ब्याट्सम्यान भन्दा त पाकिस्तानका ब्याट्सम्यान निकै अगाडि छन् ।

एक दिवसीयमा मिडिल अर्डरले गरेको कमालकै कारण भारतले इङ्गल्याण्डविरुद्धको श्रृंखला २–१ ले जितेको छ । म्यानचेस्टरमा आइतबार राति सम्पन्न तेस्रो तथा अन्तिम खेलमा २६० रनको लक्ष्य पछ्याएको भारतले ५ विकेटको क्षतिमा जित निकाल्यो । 

जबकि ७२ रन जोड्दा भारतले ४ विकेट गुमाइसकेको थियो । त्यसपछि आएको ऋषभ पन्त र हार्दिक पाण्डेयाको जोडीले कमाल खेल्यो । पाँचौं विकेटका लागि १३३ रनको साझेदारी भएसँगै भारतले ४२.१ ओभरमा जित्यो । 

पन्तले ११३ बलमा अविजित रहँदै १२५ रन बनाए भने पाण्डेयाले ५५ बलमा ७१ रन बनाए । योसँगै पन्त प्लेयर अफ द म्याच तथा श्रृंखलामा ६ विकेटसमेत लिएका पाण्डेया प्लेयर अफ द सिरिज भए । 

भारतले पहिलो खेल १० विकेटले जितेको थियो भने दोस्रो खेलमा १०० रनले पराजित भएको थियो । 

टी–२० मा पनि भारत २–१ ले विजयी भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ