arrow

मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३ मंगलबार
climate.jpg

काठमाडौं । आज देशभर आंशिक देखि सामान्यत बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेश भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

आज दिउँसो देशका धेरै स्थानहरुमा चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । 

राती पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । 

भारी वर्षाको सम्भावना रहेका पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ