arrow

'आपसमा भिडेर एक अर्कालाई हराउने कामले कसैको भलो हुँदैन'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३ मंगलबार
surendra_pandye.JPG

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले आपसमा भिडेर एक अर्कालाई हराउने कामले कसैको भलो नहुने प्रशिक्षण दिएका छन् । 

जनकपुरधाममा सोमबार आयोजित एमालेका मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले स्थानीय तहको निर्वाचनमा भएको कमी-कमजोरीलाई समीक्षा गरी अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिँदै आपस-आपसमा भिडेर एक अर्कालाई हराउने कामले कसैको भलो नहुने नेता बताएका हुन् ।

पाण्डेले समाजवाद स्थापनाका लागि कम्युनिष्ट शक्तिबीच एकता आवश्यक रहेको बताए ।  कम्युनिष्ट पार्टी आपसमा फुटेर मुलुकमा समाजवाद आउन नसक्ने भएकाले समाज रूपान्तरण गर्न र समाजवाद ल्याउन सबै कम्युनिष्ट पार्टीबीच एकता आवश्यक रहेको बताए । 

“ अन्य पार्टीसँग एकता वा गठबन्धन गरेर मुलुकमा समाजवाद ल्याउँछु भन्ने कुरा सपना मात्रै हो”, उनले भने, “ लक्ष्य प्राप्त गर्न पहिला राज्यसत्ताको नेतृत्व आफ्नो हातमा आउनुपर्छ, अनि मात्रै एजेण्डा पूरा गर्न सकिन्छ ।” 



नयाँ