arrow
ADVERTISEMENT

बेलायतमा प्रधानमन्त्री छान्न मतदान जारी, भारतीय मुलका सुनकको सीट निश्चित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३ मंगलबार
third_ballot-uk-pm-bbc.jpg

काठमाडौं । बेलायतको प्रमुख कन्जरभेटिभ पार्टीका सांसदहरूले नेतृत्व एवं प्रधानमन्त्री चयन गर्ने दौडमा मंगलबार पनि मतदान गर्ने भएका छन् । सोमबार मतदानपछि अब ऋषि सुनक, पेनी मोर्डाउन्ट, लिज ट्रस, र केमी बाडेनोक प्रधानमन्त्रीको दौडमा रहेका छन् ।

बेलायतको प्रधानमन्त्रीका दाबेदार भारतीय मूलका ऋषि सुनक को हुन् ?

यीमध्ये एक जना आज अर्थात् मंगलबारको मतदानमा दौडबाट बाहिरिने छन् । बुधबारको अन्तिम मतदानसँगै अन्तिम दुई जना प्रधानमन्त्री एवं पार्टी लिडरको दौडमा रहने छन् ।

ग्रीष्मकालीन प्रचारपछि यी दुईमध्येबाट एक जनालाई पार्टीको लिडर एवं प्रधानमन्त्री छान्न कन्जरभेटिभ पार्टीका सदस्यहरुले भोट हाल्नेछन् र सेप्टेम्बर ५ मा नयाँ प्रधानमन्त्री एवं पार्टी लिडरको घोषणा हुनेछ ।

सोही व्यक्तिले प्रधानमन्त्री बोरिस जोनसनलाई पुनःस्थापित गर्नेछन् । सोमबारको नतिजापछि ११५ भोटसहित ऋषि सुनक पहिलो स्थानमा छन् ।

बेलायतमा नयाँ प्रधानमन्त्री छान्न मतदान, आठ नेताहरु दौडमा

यस्तै पेनी मोर्डाउन्ट ८२ मतसहित दोस्रो, लिज ट्रस ७१ मतसहित तेस्रो र ५८ भोटसहित केमी बाडेनोक चौंथो नम्बरमा छिन् । सबैभन्दा बढी मत पाएका सुनक अन्तिम दुईमा पुग्ने लगभग सुनिश्चित देखिएको बीबीसीले उल्लेख गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ