arrow

गुगलमाथि ३६ करोड ५० लाख अमेरिकी डलर जरिवाना 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३ मंगलबार
google-russia.jpg

काठमाडौं । रुसले आफ्नो देशको कानून विपरीतका भिडियोहरू यट्युबबाट डिलिट गर्न असफल भएको भन्दै गुगललाई लगभग ३६ करोड ५० लाख अमेरिकी डलरको जरिवाना तोकेको छ ।

रोयटर्सका अनुसार रूसी संचार नियामक रुस्कोम्यान्डजोरले  यट्युबले निषेधित सामग्री हटाउने आदेशको पालना नगरेको बताएको छ । चरमपन्थ र आतंकवादलाई बढावा दिने एवं युक्रेन युद्धको बारेमा कथित रूपमा गलत जानकारी भएका भिडियोहरु डिलिट नगरेको रुस नियामकको भनाइ छ ।

मार्चमा नियामकले युट्युबमा रहेका गैरकानूनी भिडियोहरू हटाउन असफल भएकोमा गुगललाई चार्ज गर्ने चेतावनी दिएको थियो । साढे ३६ करोड अमेरिकी डलर अर्थात् २१.१ अर्ब रूबल कम्पनीले त्यहाँ कमाउने पैसाको केही हिंस्सा हो । यद्यपि गुगलले वास्तवममै यो जरिवाना तिर्छ या तिर्दैन भन्नेबारे कुनै प्रतिक्रिया भने आएको छैन ।

अधिकारीहरुले आफ्नो सम्पत्ति जफत गरेको भन्दै गुगलले गत मेमा आफ्नो रूसी अपरेसनहरू बन्द गर्ने योजनाको घोषणा गरेको थियो । गुगलको रुसी सहायक कम्पनीले आधिकारिक रूपमा गत महिना टाट पल्टिएको घोषणा गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ