arrow

बागमतीसहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ४ बुधबार
cloud-black-weather-monsoon.jpg

काठमाडौं । आज बिहान लुम्बिनी प्रदेशमा वर्षा भइरहेको छ । दिउँसो पहाडी भूभागका धेरै स्थान र अन्य भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

काठमाडौं उपत्यकामा पनि बिहानैदेखि मौसम बदली भएको छ । घाम झुल्किने सम्भावना देखिएको छैन । सिमसिम वर्षा पनि भइरहेको छ । 

सुदूरपश्चिम, लुम्बिनी, गण्डकी,बागमती र मधेश प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । राति बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्विमका प्रदेशका थोरै स्थानमा भारी वर्षाको आँकलन गरिएको छ । बिहीबार पहाडी भूभागका धेरै स्थान र अन्य भूभागका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ