arrow

संसदमा फेरिए कांग्रेसका प्रमुख सचेतक र सचेतक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ४ बुधबार
congress-flag2.jpg

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फको संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मालाई जिम्मेवारी तोकेको छ । 

नवनियुक्त प्रमुख सचेतक विश्वकर्माका अनुसार पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाले दुवै जनालाई आज सो जिम्मेवारी दिएका हुन् । यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाँण गृहमन्त्री छन् ।  

सचेतक रहेकी पुष्पा भुसाल उपसभामुख निर्वाचित भएपछि दुबै पद रिक्त थियो । 

रिक्त पदमा  संसदीय दलका नेताले देउवामा बुधबार नयाँ नियुक्ति गरेका हुन् ।



नयाँ