- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाण्डौं । नेपाली कांग्रेसका सांसद प्रकाश रसाईलीले न्यायीक सुधार आयोग गठन गर्नु पर्ने माग राखेका छन् ।
आजको प्रतिनिधिसभाको बैठकमा बोल्ने सांसद प्रकाश रसाईलीले सरकारले तत्काल न्यायीक सुधार आयोग गठन गर्नु पर्ने माग राखेका हुन् ।
सदनमा रसाईलीले भने,‘सामान्य नागरिकले न्याय पाउनका लागि जिल्लादेखि सर्बोच्चसम्म २० वर्ष धाउनुपर्छ, हामी विगत ७० वर्षमा ७ वटा संबिधानको अनुभव बटुल्यौँ तर न्यायालय एकपटक पनि पुःनसंरचना गर्न सकेका छैनौँ, जसको कारण न्यायालयमा विकृति जस्ताको त्यस्तै रहेको छ ।’