arrow

गभर्नरको बचाउ गर्दै एमालेका महासचिवले भने- कालो धनलाई सेतो धन बनाउन नपाउँदा अट्याक 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ५ बिहिबार
mahaprasad-adhikari-governo.gif

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीको नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले बचाउ गरेका छन् । अनलाइन सम्पादकहरुसँग कुरा गर्दै महासचिव पोखरेलले कालो धनलाई सेतो बनाउन नपाएपछि सरकारले गभर्नरमाथि आक्रमण गरेको आरोप लगाएका छन् । 

गभर्नर अधिकारी एमालेको अर्थ तथा योजना विभागका सदस्य भएको सार्वजनिक भएसँगै अधिकारीको नियुक्तिबारे  सत्तारुढ दलले राजीनामाको माग गरिरहेका छन् । सोही क्रममा पोखरेलले भने,' ‘गभर्नरमाथिको सरकारी अट्याक भनेको कालो धनलाई सेतो धन बनाउन नपाउँदा खेरिको अट्याक हो ।’

पार्टीको कार्यकर्ता गभर्नर हुन नसक्नै भन्दै सत्ताको नेतृत्व गरिरहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतले अधिकारीको राजीनामा मागेका हुन् ।

उनले राजनीतिक सौताबाजीहरु, राजनीतिक अस्थिरता र वैदेशिक चलखेल नेपालको अहिलेको राजनीतिक यथार्थ भएको बताए । 
उनले भने, ‘जति धेरै राजनीतिक दलहरू त्यति धेरै नीतिगत विचारहरू ,नीतिगत सौताबाजीहरु,राजनीतिक अस्थिरता,वैदेशिक चलखेलहरू हुनु नेपालको राजनीतिक यथार्थ हो ।’

पोख्रेलले आउने निर्वाचनमा पाँच दलीय गठबन्धन कायम राखिए पनि एमाले विजय हासिल गर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ