arrow

कहाँ कस्तो छ आजको मौसम ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ५ बिहिबार
climate.jpg

काठमाडौं । काठमाडौं उपत्यकामा दैनिक जसो वर्षा हुँदै आएको छ । आज पनि बिहान केही स्थानमा वर्षा भएको छ ।

 उपत्यकासहित आज बिहान देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेका छन् ।  

आज सुदूरपश्चिम, लुम्बिनी, गण्डकी ,बागमती र मधेस प्रदेशका थोरै स्थानहरूमा पनि भारी वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेश भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

भारी वर्षाको सम्भावना रहेका पहाडी भू-भागमा  पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ