arrow

एसईई नतिजा आउन समय लाग्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ५ बिहिबार
SEE_news.JPG

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आउन समय लाग्ने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले साउन दोस्रो सातामा मात्र नतिजा प्रकाशन गर्ने भएको छ । 

असार अन्तिम साता र साउन पहिलो साता नै नतिजा सार्वजनिक गन परीक्षा बोर्डले यसपटक भने साउन दोस्रो हप्ता मात्रै नतिजा प्रकाशित हुने जनाएको छ । 

बोर्डका अध्यक्ष डा महाश्रम शर्माले यस पटक एसईईको नतिजामा केही ढिलाइ भएको बताए । 

गत वैशाख ९ गतेदेखि सञ्चालन भएको एसईईमा करिब ५ लाख विद्यार्थी सहभागी भएका थिए ।

दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थीले परीक्षा दिएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ