arrow

स्याङ्जामा एकै दिन तीन नागरिकले ज्यान गुमाए 

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७९ साउन ५ बिहिबार
Syangja.jpeg

स्याङ्जा । विभिन्न घट्नामा परेर एकै दिन ३ जनाको मृत्यु भएको छ । स्याङ्जा गल्याङ नगरपालिका ७ मा २ जना र भीरकोट ३ मा १ जना गरी ३ जनाले विभिन्न घट्नामा परेर ज्यान गुमाएका हुन् । 

गल्याङ नगरपालिका ७ महाथुम्का भन्ने स्थानमा रहेको सिँचाइ पोखरीमा डुबेर २ जना र भीरकोट ३ रिजुमा धकेलेर १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए । 

मृत्यु हुनेमा गल्याङ ७ का ३३ बर्षिय बृन्दा गुरुङ र ४ बर्षिय शोफिया गुरुङको निधन भएको छ भने भीरकोट ३ रिजुमा ४५ बर्षिय श्यामबहादुर रोका मृत्यु भएको प्रहरीले जनाएको छ ।  बुधवार दिउसो घाँस काट्न सँगै भतिजी नाता पर्ने शोफियालाई साथमा लिएर बृन्दा महाथुम्का भन्ने स्थानमा गएकी थिइन । नजिकै निर्माण गरिएको सिँचाइ पलाष्टिक पोखरीमा शोफिया डुबेको देखेपछि बृन्दा बचाउन जाँदा आफै पनि डुबेर घाइते भएको प्रहरीले जनाएको छ ।   

उपचारका लागि गह्रौ घ्याङलिङ अस्पताल वालिङमा उपचारकै क्रममा दुवै जनाको डाक्टरले मृत घोषणा गरेको वडा प्रहरी कार्यालय वालिङले जानकारी दिएको छ । घट्नाको विस्तृत जानकारीका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृत्यु हुने दुबै जना एकै घरको नभएको बताइएको छ । 

शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको र घटनास्थलको अनुसन्धानका लागि प्रहरी पुगेको बताइएको छ । यता भीरकोटको रोकाको ५० बर्षिय यामबहादुर रोकाले धकेलेर लडाएपछि उपचारका लागि कालिका सामुदायिक अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ । यामबहादुरलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ