arrow

कास्की कांग्रेसको प्रवक्तामा पालिखे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ५ बिहिबार
Bishwo Shankar Palikhe.jpg

पोखरा । नेपाली कांग्रेस कास्कीको प्रवक्तामा विश्वशंकर पालिखे नियुक्त भएका छन् । पार्टी सभापति किशोरदत्त बरालले पालिखेलाई प्रवक्तामा नियुक्त गरेका हुन् ।

सभापति बरालले पालिखेलाई प्रवक्तामा नियुक्त गरेको जानकारी बिहीबार सम्पन्न नियमित बैठकमा जानकारी गराएको सचिव भानु ढकालले जानकारी दिए । 

प्रवक्तामा नियुक्त भएका पालिखे पार्टीको वर्तमान कार्यसमितिका सदस्य हुन् । उनी पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पनि हुन् ।

पार्टीको बैठकमार्फत प्रजातन्त्र सेनानीहरु पोखरा-३ का तेजनाथ घिमिरे, पोखरा-२० का गंगाबहादुर खत्री र पोखरा-२६ का होमबहादुर बञ्जरा र विष्णु कर्माचार्यको निधनप्रति दुःख व्यक्त गरिएको सचिव ढकालले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ