arrow

एटीएम मेशिन फोरेर १५ लाख रुपैयाँ चोरी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ६ शुक्रबार
nmb bank.jpg

पोखरा । पोखरामा एक बैंकको एटीएम मेसिन फोरेर रु १५ लाख चोरी भएको छ । पोखरा महानगरपालिका-२६ अर्घोचोकमा रहेको एनएमबी बैंकको एटीएम मेसिन फोडेर गएराति रकम चोरी भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले घटनाको अनुसन्धान भइरहेको र चोरी गर्नेको खोजतलास तीव्र बनाइएको जानकारी दिए । उनले हालसम्म घटनामा संलग्न भएको अभियोगमा कसैलाई पनि पक्राउ नगरिएको बताए ।

चोरले मेसिन फोडेर नगद लिएपछि पैसा राखिएको बाकस अर्घौंचोकस्थित विचारी चौतारीमा फालेको थियो । बैंकले अघिल्लो दिन एटीएममा रु १७ लाख राखेकामा रु दुई लाख ग्राहकले निकालेको र बाँकी पैसा चोरी भएको बताइन्छ ।

पोखरामा केही दिनयता बैंकको एटीएम मेसिन फोरेर रकम चोरी गर्ने घटना बढेका छन्  । गत असार ३१ गते राति पोखरा-९ न्यूरोडस्थित महानगरपालिका कार्यालय अगाडि रहेको एनआइसी एशिया बैंकको एटीएम मेसिन फोर्ने एक जनालाई प्रहरीले घटना भएको दुई दिनपछि पक्राउ गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ