arrow

पेस्तोलसहित दीपकुमार पक्राउ

logo
रासस
प्रकाशित २०७९ साउन ६ शुक्रबार
pestol1.jpeg

लमजुङ । लमजुङमा पेस्तोलसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

बेँशीसहर नगरपालिका-१ उदिपुर क्षेत्रमा हिँडिरहेका भारतको मोतीहारी जिल्लाका २२ वर्षीय दीप कुमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।

शङ्कास्पद गतिविधिमा बुधबार हिँडिरहेका बेलामा प्रहरीले पक्राउ गरे पनि आज साँझ ती युवालाई सार्वजनिक गरिएको हो ।

उनको साथबाट पेस्तोलसहित एक थान गोली, मोबाइल, सिमकार्ड र निजको आधार कार्डसमेत बरामद गरिएको जिल्ला प्रहरी प्रहरीले जनाएको छ ।

आज जिल्ला अदालत लगेर म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ