arrow

वीपीका विचार परिवर्तनको मार्गदर्शक : नेता सिटौला

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ७ शनिबार
Krishna_Situla.jpg

झापा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले हरेक लोकतान्त्रिक आन्दोलनमा महामानव विश्वेश्वरप्रसाद कोइराला (विपी) का विचार सदैव मार्गदर्शकका रूपमा रहेको बताएका छन् ।

४०औँ विपी स्मृति दिवसका अवसरमा भद्रपुर-१० स्थित विपीचोकमा आयोजित एक कार्यक्रममा उनले विसं २००७ सालदेखि हालसम्मका हरेक परिवर्तनका लडाइँमा विपीका विचार मार्गदर्शकका रूपमा रहँदै आएको बताए ।

त्यस्तै नेता सिटौलाले सङ्घीय गणतन्त्रको रक्षाका लागि पाँच दलको सहकार्य निरन्तर रहने बताउँदै भने,  “स्थानीय तहको निर्वाचनले त्यो प्रस्ट पारिसकेको छ, सङ्घ र प्रदेशको निर्वाचनमा गठबन्धनको सहकार्य निरन्तर रहनेछ ।” सङ्घीय गणतान्त्रिक नेपालको मुद्दा उल्ट्याउने प्रतिगामी सोच कुनै पनि हालतमा सफल नहुने बताउँदै उहाँले लोकतन्त्रको विकल्प लोकतन्त्र रहेको उल्लेख गरे ।

कांग्रेस भद्रपुर नगर सभापति रामबहादुर कँडेलको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका झापा सभापति देउमान थेवे, महाधिवेशन प्रतिनिधि गोमा भट्टराईलगायतका वक्ताले नेपाली राजनीतिमा विपीको चर्चा गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ