arrow

वेस्ट इन्डिजविरुद्ध भारत तीन रनले विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ७ शनिबार
cricket-India-T-20.jpg.jpeg

काठमाडौँ। भारतले घरेलु टोली वेस्ट इन्डिजबिरुद्दको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तीन रनको जित निकालेको छ। यससँगै भारतले तीन खेलको शृङ्खलामा १० को अग्रता बनाएको छ।

शुक्रवार राति क्विन्स पार्क ओभलमा भारतले दिएको ३०९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ५० ओभरमा ६ विकेट गुमाएर ३०५ रनमा समेटियो। वेस्ट इन्डिजका केली मेयर्सले सर्वाधिक ७५ रनको बनाए। भारतका मोहमद सिराज, शार्दुल ठाकुर र युजभेन्द्र चाहलले समान २ विकेट लिए।

यसअघि टस हारेर पहिले  ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाउँदै ३०८ रन बनायो। भारतका कप्तान शिखर धवनले सर्वाधिक ९७ रन बनाए। वेस्ट इन्डिजका अल्जारी जोसेप र गुडाकेश मोटीले समान २ विकेट लिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ