arrow

यस्तो हुनेछ मङ्गलबारसम्मको मौसम, सतर्कता अपनाउन आग्रह 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ८ आइतबार
climate.jpg

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनसम्म देशको केही स्थानहरूमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको केही स्थानहरूमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ को एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

 हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही दक्षिण तिर अवस्थित रहेको छ।

हाल लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का केही भूभागमा सामान्य देखि पूर्ण बदली रही मेघ गर्जन -चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।देशका अन्य भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ।

भोलि सोमबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। भने राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

१० गते मङ्गलवार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १ र लुम्बिनी प्रदेशका तराई भूभागका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ।

 देशको केही स्थानहरूमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकाले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्र्यान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन- यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ