arrow

भारतले वेष्ट इन्डिजलाई २ विकेटले हराउँदै बनायो रेकर्ड 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ९ सोमबार
india-vs-west-indies.jpg

काठमाडौं । भारतले दोस्रो एक दिवसीय खेलमा वेष्ट इन्डिजलाई २ विकेटले पराजित गरेको छ । योसँगै भारतले तीन खेलको शृङ्खलामा २-० को अग्रता लिएको छ । 

टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजको टोलीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३११ रन बनाएको थियो । शाइ होपले ११५ रनको इनिङ्स खेले । कप्तान निकोलस पुरनले ७४ रन बनाए । 

भारतका लागि शार्दुल ठाकुरले सर्वाधिक तीन विकेट लिए ।

जवाफमा भारतीय टोलीले ४९.४ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

भारतका लागि अक्षर पटेलले ६४ रन बनाए । सोही क्रममा श्रेयस अय्यरको ब्याटबाट ६३ रन बन्याे । सञ्जु सामसनले आफ्नो एक दिवसीय करियरको पहिलो अर्ध शतक बनाएका थिए । उनले ५४ रन जाेडे ।

एक दिवसीय क्रिकेटमा वेष्ट इन्डिजमाथि भारतको यो लगातार १२ औँ शृङ्खला जित हो। योसँगै टिम इन्डियाले लगातार सबैभन्दा बढी सिरिजमा कुनै एक टोलीलाई हराउने विश्व कीर्तिमान बनाएको छ ।

यसअघिको कीर्तिमान पाकिस्तानको नाममा थियो । पाकिस्तानले जिम्बावेलाई लगातार ११ एक दिवसीय सिरिजमा पराजित गरेको थियाे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ