arrow

जनार्दनका लागि मंगलबार विशेष दिन, प्रहरीको सिलबन्दी फरेन्सिक रिपोर्ट समितिमा, मंगलबारै सिल तोडिने 

सिलबन्दी रिपोर्टमा लिखित मात्रै छ कि सीसीटीभी फुटेज नै छ भन्नेबारे केही भन्न नसकिने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ९ सोमबार
janardan-sharma-parliament.jpg

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले अर्थमन्त्रालयको सीसीटीभी फुटेज रिकभर सम्बन्धी रिपोर्ट संसदीय विषय समितिलाई बुझाएको छ ।  

करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराएको भनी उठेको प्रश्नबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले अर्थमन्त्रालयको सीसीटीभी फुटेज मगाएर अध्ययन गरेको थियो । 

छानबिन समिति बनेपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका थिए । 

अध्ययनका क्रममा जेठ १४ गते रातिको सीसीटीभी फुटेज नभेटिएको भनी अर्थ मन्त्रालयसँग सोध्यो । अर्थमन्त्रालयले सिस्टम अनुसार रहेको सीसीटीभी फुटेज पठाएको जवाफ दिएपछि छानबिन समितिले जेठ १४ गतेको डिलिट भएको भनी रिकभर गर्न सिस्टम नै नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला पठाएको थियो । 

छानबिन समितिका सचिव सुरेन्द्र अर्यालका अनुसार प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले सोमबार समितिलाई रिपोर्ट बुझाएको छ । तर, रिर्पाटमा के छ भनेर हेर्न मंगलबार बिहान साढे ८ बजेसम्म कुर्नुपर्ने उनले बताए ।

‘प्रहरीको सिलबन्दी फरेन्सिक रिपोर्ट आइपुगेको छ । मंगलबार बिहान बस्ने बैठकमा समिति सदस्यहरूले सिलबन्दी तोडेर अध्ययन गर्नुहुनेछ,’ सचिव अर्यालले भने । 

सिलबन्दी रिपोर्टमा लिखित मात्रै छ कि सीसीटीभी फुटेज नै छ भन्नेबारे केही भन्न नसकिने बताइएको छ । मंगलबारको दिन जनार्दनका लागि विशेष हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ