- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
भैरहवा । रुपन्देहीको मायादेवी गाउँपालिकाले नम्बर प्लेट नभएको मोटरसाइकललाई १५ लिटर पेट्रोल दिएको पाइएको छ । गाउँपालिकाले संगम आयल कम्पनी भैरहवाको नाममा कुपन नम्बर ७४६ बाट लु ६४ प ८६८ लाई १५ लिटर पेट्रोल दिने भनी उल्लेख भए पनि सो पेट्रोल नम्बर प्लेट नै नभएको निजी गाडीले प्रयोग गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद तिम्लिसिनाले गाउँपालिका कार्यालयबाट जारी गरिएको कुपन वडा नम्बर ५ का वडाध्यक्षलाई दिइएको बताए । व्यवहारिक हिसाबले गाउँपालिकाले तेजनारायण पाललाई निजी गाडीमा प्रयोग गर्नका लागि सो कुपन उपलब्ध गराएको उनले बताए ।
कुपन अनुसारको पेट्रोल ८ गते साँझ एक नम्बर प्लेट नभएको पल्सर मोटरसाइकलले हालेको छ । मोटरसाइकल कस्को हो भन्ने स्पष्ट नभए पनि कुपन कै आधारमा पेट्रोल पम्पले पेट्रोल दिएको छ ।
‘हामीले कुपनकै आधारमा तेल दिने गरेका छौं जसले कुपन ल्याउँछ उसलाई तेल दिन्छौं नम्बर लेखे पनि नम्बर हेर्ने गरेका छैनौं,’ पम्पका प्रतिनिधिले भने ।
तेल हाल्ने मोटरसाइकल चालक भने तेजनारायण पाल होइनन्, प्रशासकीय अधिकृत तिमिल्सिना तेल वडाध्यक्षले नै हालेको दाबी गर्छन् ।